२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

बिमाको भुक्तानी सरल र छिटो बनाउन निर्देशन

काठमाडौँ — कृषि तथा पशुपंक्षी बिमामा दाबी भुक्तानी सरल र छिटो बनाउन नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले कम्पनीहरुलाई निर्देशन दिएका छन् । कृषि बिमालाई प्रोत्साहन गर्नकै लागि सरकारले बिमा शुल्कको ८० प्रतिशतसम्म अनुदान पाउने व्यवस्था भएकाले उक्त सुविधाको भरपुर उपयोग गर्न पौडेलले कृषकहरुलाई आग्रह गरे ।

बिमाको भुक्तानी सरल र छिटो बनाउन निर्देशन

नेपाल बिमा प्राधिकरणको आयोजनामा गण्डकी प्रदेशको गोरखा नगरपालिकामा सम्फन्न सम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम कार्यकारी निर्देशक पौडेलले यस्तो बताएका हुन् । कार्यक्रममा गोरखा नगरपालिका प्रमुख कृष्णबहादुर रानामगरले बिमा गरेपछि जोखिम सुरक्षण हुने भएकाले अनिवार्य रुपमा बिमा गर्न किसानलाई आग्रह गरे ।

‘बिमाको महत्त्व बारेमा गाउँगाउँमा जनचेतना फैलाएर बिमा गर्न प्रोत्साहन गर्नु पर्ने देखिन्छ,’ उनले भने, ‘बिमा दाबी भुक्तानीमा ढिलाई हुँदा बिमाप्रतिको विश्वसनीयतामा समस्या देखिएको छ । यसकारण बिमा गराउन कम्पनीहरु अनावश्यक होडबाजी नगर्नहोस् ।’ कार्यक्रममा सहभागीहरुले बिमा सम्बन्धी जानकारीको अभावका कारण स्रोत भएर पनि बिमा नगरेको, पशुबिमाको दाबी भुक्तानी पाउन झण्झट व्यहोर्नु परेको, समान बिमा लेखको बिमा शुल्कमा एकरुपता नभएको, समयमा बिमा दाबी भुक्तानी नपाइने गरेको गुनासो गरेका थिए ।

प्रकाशित : माघ १७, २०७९ १४:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?