सिभिल बैंक प्राप्ति गर्न हिमालयनले पायो अन्तिम स्वीकृति

काठमाडौँ — हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति (एक्विजिसन) गर्न अन्तिम स्वीकृति पाएको छ । गत साता बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रियालाई अन्तिम स्वीकृति दिने निर्णय गरेको हो । उक्त निर्णयसँगै हिमालयन र सिभिल बैंकबीचको प्राप्ति प्रक्रिया पूरा भएको छ । यद्यपि सोमबारसम्म सम्बन्धित बैंकले अन्तिम स्वीकृतिको पत्र राष्ट्र बैंकबाट बुझिसकेका छैनन् ।

सिभिल बैंक प्राप्ति गर्न हिमालयनले पायो अन्तिम स्वीकृति

सञ्चालक समितिको बैठकको निर्णय अनुसार ‘माइन्यूट’ भइसकेकाले सम्बन्धित बैंकले आज र भोलिमा पत्र बुझ्ने राष्ट्र बैंक स्रोतले बताएको छ । हिमालयनले सिभिललाई १ सय बराबर ८०.२८ सेयर मिलान अनुपात (स्वाप रेसियो) मा प्राप्ति गर्न लागेको हो । यसको अर्थ सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकको ८० कित्ता पाउने छन् ।

प्राप्ति प्रक्रिया पूरा भए पश्चात बन्ने नयाँ बैंक हिमालयन बैंककै नामबाट सञ्चालनमा आउने छ । सिभिल बैंकलाई प्राप्ति गरे पश्चात बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ र शाखा सञ्जाल १ सय ८९ पुग्नेछ । यी बैंकले गत असारमा प्राप्ति प्रक्रियाका लागि समझदारी पत्र(एमओयू) हस्ताक्षर गरेका थिए ।

प्रकाशित : माघ १६, २०७९ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?