सुनको भाउ प्रतितोला ११ सयले घट्यो

काठमाडौँ — बिहीबार नयाँ कीर्तिमान कायम गरेको सुनको मूल्यमा शुक्रबार भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ८ सय कायम भएको छ ।

सुनको भाउ प्रतितोला ११ सयले घट्यो

बिहीबारको तुलनामा शुक्रबार प्रतितोला १ हजार १ सय रुपैयाँ घटेको हो । शुक्रबार भने प्रतितोला हालसम्मकै उच्च प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो । यसअघि गत मंगलबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको थियो ।

यसअघि भने गत वर्षको फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय पुगेको थियो । जुन उच्च मूल्य एक वर्ष नपुग्दै तोडिएको हो । अन्तर्राष्ट्रिय मूल्य उतारचढावअनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ । त्यस्तै तेजावी सुन प्रतितोला १ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार चाँदीको मूल्य प्रतिततोला १ हजार ३ सय ८० रुपैयाँ कायम भएको छ । बिहीबार भने चाँदीको मूल्य प्रतितोला १ हजार १ सय ८३ रुपैयाँ कायम भएको थियो । चाँदीको मूल्य भने गत फागुन २५ गते प्रतितोला १ हजार ४५० रुपैयाँ पुगेको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

प्रकाशित : माघ १३, २०७९ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?