कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

राष्ट्रिय योजनामा सुनचाँदीका विषय समावेश गर्न व्यवसायीको आग्रह

काठमाडौँ — नेपाल सुनचाँदी व्यवसायी महासंघले राष्ट्रिय योजनामा सुनचाँदीका विषय समावेश गर्न आग्रह गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा बुधबार महासंघको प्रतिनिधीमण्डलले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठसँग भेट गरी सुनचाँदीका विषयलाई देशको पञ्चवर्षीय योजनामा समावेश गर्न आग्रह गरेको हो ।

राष्ट्रिय योजनामा सुनचाँदीका विषय समावेश गर्न व्यवसायीको आग्रह

महासंघले अघि सारेका सुनको उत्खनन, निकासी–पैठारी, ओसारपसार, कालिगढको व्यवस्थापन र तालिम लगायतका विषयलाई सम्बोधन गर्न आयोगले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने आयोगका उपाध्यक्ष श्रेष्ठले प्रतिवद्धता जनाएका थिए । भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले सुनचाँदी व्यवसायमा परेको समस्या र तिनको समाधानका विषयमा आफ्नो धारणा राखेका थिए । उनले सुनको कारोबारका क्रममा नीतिको अभाव भएको उल्लेख गर्दै यसतर्फ आवश्यक पहल गर्न समेत उपाध्यक्ष श्रेष्ठलाई आग्रह गरेका थिए ।

सुुनचाँदीको विषयलाई देशको योजनामा समावेश गर्नसके यसबाट सबैलाई फाइदा हुने श्रेष्ठको भनाइ थियो । भेटका क्रममा महासंघका तर्फबाट उपाध्यक्ष दियसरत्न शाक्य, महासचिव धर्मशुन्दर वज्राचार्य, सहकोषाध्यक्ष पद्मशुन्दर शाक्य लगायको उपस्थिति थियो ।

प्रकाशित : माघ ११, २०७९ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?