कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै जिम्मेवार बनाउनुपर्छ: उर्जामन्त्री लिङ्देन

काठमाडौँ — उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै आयोजनाप्रति जिम्मेवार बनाउनुपर्ने बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधि मण्डलसँगको भेटमा उपप्रधानमन्त्री लिङ्देनले सबै निर्माण व्यवसायीले काम पाउनुपर्ने धारणा राखेका थिए । साथै, उनले क्रसर उद्योग बन्दले निर्माण कार्यमा देखिएका समस्या चाँडै समाधान हुने आश्वासन पनि दिएका थिए ।

गुणस्तरीय निर्माणका लागि आयोजना प्रमुखलाई नै जिम्मेवार बनाउनुपर्छ: उर्जामन्त्री लिङ्देन

महासंघका अध्यक्ष रवि सिंहले क्रसर उद्योग सञ्चालनमा देखिएका समस्याले निर्माण कार्य ठप्प रहेको मन्त्री समक्ष बताए । निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भए बमोजिम २० प्रतिशत मोबिलाइजेसन पेस्की व्यवसायीले पाउनुपर्ने अध्यक्ष सिंहको भनाइ थियो । व्यवसायीहरूको ठूलो रकम भुक्तानी नहुँदा सप्लाई चेनमै गम्भीर समस्या देखिएकोप्रति अध्यक्ष सिंहले उपप्रधानमन्त्री लिङ्देनको ध्यानाकर्षण गराए ।

निर्माणाधीन आयोजनाहरू सम्पन्न भएपछि मात्र नयाँ आयोजनाको ठेक्का लगाउन र पाँच प्याकेजको व्यवस्थालाई अझ व्यवस्थित बनाउन अध्यक्ष सिंहले आग्रह गरे । महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (एडी) ले व्यवसायीहरूले भुक्तानी पाएमा त्यसको फाइदा राज्यलाई नै हुने बताए । महासंघका महासचिव रोशन दाहालले रकमान्तर गरेर भए पनि भुक्तानीको समस्या समाधान गर्नुपर्ने बताए ।

प्रकाशित : माघ ११, २०७९ १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?