१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नेप्सेमा दोहोरो अंकको वृद्धि, साढे ३ अर्बको कारोबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १०.३७ अकंले बढेर २ हजार १ सय ८३.६२ विन्दुमा उक्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.४८ प्रतिशतले बढेको हो । मंगलबार नेप्से ८.१४ अंकले बढेर बन्द भएको थियो ।

नेप्सेमा दोहोरो अंकको वृद्धि, साढे ३ अर्बको कारोबार

उक्त दिन कारोबारमा आएका कम्पनीहरूमध्ये १ सय ५९ कम्पनीको सेयर मूल्य बढेको छ । ४६ वटा कम्पनीको घटेको छ भने बाँकी ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबार ५४ हजार ३ सय ३७ वटा कारोबारबाट ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच भएका छन् । ती किनबेचबाट ३ अर्ब ४६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनाका कारोबार रकम बढी हो । मंगलबार सेयर बजारमा ३ अर्ब रुपैयाँ र सोमबार ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको घटेको छ । बढ्दो बजारमा आज दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । ग्रीन लाईफ हाइड्रोपावर र आदर्श लघुवित्तका शेयरधनीले करिब १० प्रतिशतले कमाएका छन् ।

प्रकाशित : माघ ११, २०७९ १६:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?