कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा दास

काठमाडौँ — नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघको अध्यक्षमा मनोज दास चयन भएका छन् । महासंघको १३ औं वार्षिक साधारणसभाबाट दास निर्विरोध चयन भएका हुन् । यसअघि उनी वरिष्ठ उपाध्यक्ष थिए ।

पेट्रोलियम ढुवानी व्यवसायी महासंघमा दास

वरिष्ठ उपाध्यक्षमा गुणराज निरौला र राकेश कुमार कसौधन चयन भएका छन् । उपाध्यक्षमा मनिराम पाण्डये, ध्रुब प्रसाद सिग्देल, उत्सव ईटनी, शिद्धराज पाण्डये, गणेश बहादुर शिलवाल, सुरेन्द्रमणि पराजुली र धनेन्द्र पौडेल चयन भएका छन् । त्यस्तै, महासचिवमा विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा विष्णु कुमार खड्का, सचिवमा दीपक शिवाकोटी, सहसचिवमा महेन्द्र कुमार अग्रवाल र सह-कोषाध्यक्षमा महेश कुमार दास चयन भएका छन् ।

त्यस अवसरमा नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश थानीले ढुवानी व्यवसायीसँग हातेमालो गरेर अगाडी बढ्ने बताए । वैज्ञानिक ढुवानी भाडाको पक्षमा निगम रहेको उनको भनाइ थियो । नव-निर्वाचित अध्यक्ष दासले ३ वर्षको कार्याकालमा व्यवसायीसँगै उपभोक्ताको हितमा काम गर्ने बताए । ‘व्यवसायिक हितसँगै उपभोक्तालाई पनि विशेष ध्यान दिनेछौँ, त्यसका लागि निगमसँग सहकार्य पनि गर्छौं,’ दासले भने ।

प्रकाशित : माघ ११, २०७९ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?