१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सुनको मूल्य एक सय रुपैयाँ घट्यो, चाँदीको स्थिर

काठमाडौँ — मंगलबार हालसम्मकै नयाँ रेकर्ड बनाएको सुनको मूल्यमा बुधबार १ सय रुपैयाँले कमी आएको छ । विश्व बजारमा सुनको मूल्य करिब २ अमेरिकी डलरले कमी आएको छ ।

सुनको मूल्य एक सय रुपैयाँ घट्यो, चाँदीको स्थिर

सुनको मूल्यमा कमी आए पनि बुधबार नेपाली रुपैयाँको तुलनामा अमेरिकी डलरको विनिमय दरमा पनि कमी आएकाले सुनको मूल्य १ सय रुपैयाँले मात्र घटेको सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

बुधबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला १ लाख ६ हजार ३ सय रुपैयाँ पुगेको थियो । यसअघि गत फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय पुगेको थियो । जुन उच्च मूल्य एक वर्ष नपुग्दै तोडिएको थियो ।

महासंघका अनुसार बुधबार चाँदीको मूल्य भने स्थिर छ । जसअनुसार बुधबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य यसअघि गत फागुन २५ गते प्रतितोला १ हजार ४ सय ५० रुपैयाँ पुगेको थियो ।

प्रकाशित : माघ ११, २०७९ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?