कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

ब्याजदरलाई वाञ्छित सीमामै राख्नुपर्छ : अर्थमन्त्री पौडेल

काठमाडौँ — केही महिनायता बढेको ब्याजदर वाञ्छित सीमामा राख्न धेरै काम गर्नुपर्ने उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । ब्याजदर धेरै भएको अवस्थामा लगानी निरुत्साहित हुने भएकाले त्यसलाई जसरी भए पनि वाञ्छित सीमामै राख्नु पर्ने उनको भनाइ थियो ।

ब्याजदरलाई वाञ्छित सीमामै राख्नुपर्छ : अर्थमन्त्री पौडेल

राष्ट्रिय वाणिज्य बैंकको ५८औं वार्षिकोत्सवको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । ‘अर्थतन्त्रमा समस्या चुनौति र चाप छ । राजस्व परिरचालन चुनौतिपूर्ण बनेको छ । पुँजीगत खर्च सन्तोषजनक छैन । तरलता यथेष्ट छैन,’ उनले भने, ‘यस्तो अवस्थामा ब्याजदरलाई वाञ्छित सीमामा राख्न सकिएको छैन । जसका लागि धेरै काम गर्नु पर्नेछ ।’

सरकारी लगानीको बैंक भएकाले पनि राष्ट्रिय वाणिज्य बैंकलाई मुनाफामा मात्र केन्द्रित नभई सरकार र राष्ट्र बैंकका नीति कार्यान्वयनका साथै रोजगारी सिर्जनामा पनि प्रभावकारी रुपमा काम गर्न उनले निर्देशन दिए ।यस्तै, उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी गर्न पनि अर्थमन्त्री पौडेलले बैंकलाई निर्देशन दिएका छन् ।

प्रकाशित : माघ १०, २०७९ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?