सेयर कारोबार रकम घट्यो, परिसूचक बढ्यो 

काठमाडौँ — मंगलबार सेयर बजारमा कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएकोमा आज ३ अर्बमा खुम्चियो । कारोबार रकम घटे पनि परिसूचक भने ८.१४ अंकले बढेको छ ।

सेयर कारोबार रकम घट्यो, परिसूचक बढ्यो 

सो अंकको वृद्धिपछि नेप्से २१७३ अंकमा कायम भएको छ । कुल १०९ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १० को स्थिर रहृयो । बैंकिङ उपसमूह २ तथा उत्पादन ३ अंक घटे । विकास बैंक ९, फाइनान्स ७७, होटल तथा पर्यटन १०, जलविद्युत् २८, जीवन बीमा १, माइक्रोफाइनान्स ४, निर्जीवन बीमा ६०, अन्य ३९ र ब्यापार उपसमूह ४ अंक बढे ।

सानिमा जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशत तथा सूर्योदय लघुवित्तको ९.७ प्रतिशत बढ्यो । मैलुङखोलाको मूल्य सबैभन्दा धेरै ५.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, शिवश्री हाइड्रो, अपी पावर, माथिल्लो तामाकोसी र एनआईसी एसिया बैंक क्रमशः अगाडि रहे ।


प्रकाशित : माघ १०, २०७९ १५:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?