कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

२२ सय नाघेर ओर्लियो सेयर बजार 

२ वाणिज्य बैंकसहित ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

काठमाडौँ — सोमबार सेयर बजारको परिसूचक नेप्सेले २२ सय नाघेर ओर्लिएको छ । कारोबार खुलेको ३८ मिनेटमै (११ : ३८ बजे) परिसूचक २२०२ अंकसम्म पुगेको थियो । लगत्तै सेयर बिक्रीमा चाप परेपछि कारोबार बन्द हुँदासम्म नेप्से ओर्लियो ।

२२ सय नाघेर ओर्लियो सेयर बजार 

अन्ततः नेप्से १३.७१ अंकले घटेर २१६५ मा बन्द भयो । कुल ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भयो । ४१ कम्पनीको मूल्य बढ्दा १६६ को घट्यो भने ३ को स्थिर रहृयो । बैंकिङ उपसमूह १५ अंक बढ्यो, अरु सबैजसो उपसमूह ओर्लिएका छन् । विकास बैंक ९१, फाइनान्स ७, होटल तथा पर्यटन ७९, जलविद्युत् ६५, जीवन बीमा ८७, उत्पादन ७२, माइक्रोफाइनान्स ४१, निर्जीवन बीमा १२३, अन्य २३ र व्यापार उपसमूह २ अंक घटे ।

दुई वाणिज्य बैंकसहित ५ कम्पनीको मूल्य भने १० प्रतिशत बढ्यो । कुमारी र स्टान्डर्ड चार्टर्ड बैंक, आदर्श लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा कुमारी बैंक, एनआईसी एसिया बैंक, रिडी पावर, अपी पावर र एभरेस्ट बैंक क्रमशः अगाडि रहे ।


प्रकाशित : माघ ९, २०७९ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?