कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

सुपर मादी हाइड्रोको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

काठमाडौँ — सर्वसाधारणका लागि सुपर मादी हाइड्रोपावर कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । अंकित मूल्य १ सयका दरले सर्वसाधारणका लागि कुल १७ लाख ४३ हजार कित्ता आईपीओमा आवेदन खुला भएको छ ।

सुपर मादी हाइड्रोको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

कम्पनीले यसअघि नै वैदेशिक रोजगारीमा रहेकाहरुलाई आईपीओ बिक्री गरिसकेको छ । माघ १२ गतेसम्म आवेदन दिन सकिने छ । न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मे आवेदन दिन सकिनेछ । आफ्नो खाता रहेको बैंकको शाखा वा अनलाइन प्रणाली 'मेरो सेयर' मार्फत आवेदन दिन सकिनेछ ।

कस्तो छ कम्पनी ?

इक्रा नेपालबाट बीबी रेटिङ प्राप्त गरेको छ । यसले कम्पनी मध्यमस्तरको जनाउँछ । डिल्लीबजारमा रजिस्टर्ड कार्यालय रहेको यस कम्पनीले कास्की जिल्लामा मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको वहाव प्रयोग गरी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

४४ मेगावाट क्षमताको यस आयोजना २०७५ जेठदेखि निर्माण सुरु भएको हो । हालसम्म आयोजनाको भौतिक प्रगति ९४ प्रतिशत सकिएको कम्पनीको दाबी छ । ब्याजसहित आयोजनाको लागत प्रतिमेगावाट १८ करोड ९७ लाख ७२ हजार रुपैयाँ रहने अनुमान छ । आयोजना सम्पन्न हुँदासम्म कुल ८ अर्ब ३५ करोड लागत लाग्ने अनुमान छ । साधारण लगानी फिर्ता हुने अवधि ६.२८ वर्ष रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ९९.८६ रुपैयाँ छ ।


प्रकाशित : माघ ९, २०७९ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?