१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

६ महिनामा कुन बैंकले कति कमाए नाफा ?

कृषि विकास बैंक किन नोक्सानीमा पुग्यो ? 

काठमाडौँ — २० वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक (६ महिना)को वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणअनुसार यी २० बैंकले कुल ३० अर्ब १३ करोड ४९ लाख रुपैयाँ खुद नाफा (कर छुट्याएपछि) कमाएका छन् ।

६ महिनामा कुन बैंकले कति कमाए नाफा ?

यो नाफा गत वर्षको यसै अवधिको तुलनामा ११. ८८ प्रतिशतले बढी हो । गत वर्ष यसै अवधिमा यी २० बैंकले कुल २६ अर्ब ९३ करोड ५८ लाख रुपैयाँ कमाएका थिए । बैंकहरुको नाफा रकम बढेको देखिए पनि सेयरमा प्रतिफल (रिटर्न अन इक्वीटी) भने बढ्न सकेको छैन । यसको अर्थ बैंकहरुको प्रतिफल लगानीकर्ताका लागि अझै न्यून छ ।

यो अवधिमा नाफाका आधारमा नबिल, एनआईसी एसिया, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य र एनएमबी बैंक क्रमशः अगाडि छन् । नाफा वृद्धिदरका आधारमा एभरेस्ट बैंक सबैभन्दा अगाडि छ । सो बैंकको नाफा एक वर्षको अवधिमा ८९ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा कृषि विकास बैंक भने १२ करोड ८९ लाख नोक्सानमा पुगेको छ । गत वर्ष यसै अवधिमा बैंकले कुल १ अर्ब ४२ करोड नाफा कमाएको थियो । बैंकको ठूलो कर्जा रकम समयमै उठ्न नसक्दा सोको प्रोभिजनबापत छुट्याउनुपर्ने रकम हृवात्तै बढेपछि बैंक नोक्सानीमा गएको देखिन्छ ।

बैंकको निष्क्रिय कर्जा नै दोब्बरले बढेको छ । यसको अर्थ बैंकले ठूलो कर्जाको साँवा/ब्याज उठाउन सकेको छैन । कुल कर्जामा बैंकको निष्क्रिय कर्जा ४.५२ प्रतिशत पुगेको छ । जबकि गत वर्षको यसै अवधिमा जम्मा २.०८ प्रतिशत मात्रै थियो । दुई वाणिज्य बैंक कुमारी र इन्भेस्टमेन्ट बैंकले भने आफ्नो वित्तीय विवरण अझै सार्वजनिक गरेका छैनन् ।

बैंकहरूको नाफाको सूची

बैंक

नाफा २०७८ पुस

नाफा २०७९ पुस

नबिल

३ अर्ब ४१ करोड ७६ लाख

२ अर्ब १८ करोड १४ लाख

एनआईसी एसिया

३ अर्ब २७ करोड ३३ लाख

२ अर्ब ४० करोड २० लाख

ग्लोबल आईएमई

२ अर्ब ७८ करोड ११ लाख

२ अर्ब ६६ करोड ३३ लाख

राष्ट्रिय वाणिज्य

२ अर्ब ७१ करोड १८ लाख

१ अर्ब ७७ करोड ३८ लाख

एनएमबी

१ अर्ब ९० करोड ११ लाख

१ अर्ब ७१ करोड १५ लाख

स्टान्डर्ड चार्टड

१ अर्ब ७५ करोड ३६ लाख

१ अर्ब ८ करोड ६७ लाख

प्राइम

१ अर्ब ६५ करोड २० लाख

१ अर्ब ६७ करोड ८५ लाख

एभरेस्ट

१ अर्ब ५८ करोड ८० लाख

८३ करोड ८९ लाख

सानिमा

१ अर्ब २८ करोड ५३ लाख

१ अर्ब ७ करोड ७० लाख

प्रभु

१ अर्ब १९ करोड ९९ लाख

१ अर्ब २६ करोड २० लाख

एसबीआई

१ अर्ब १७ करोड ७१ लाख

७८ करोड २७ लाख

नेपाल बैंक

१ अर्ब १७ करोड ६ लाख

१ अर्ब ४१ करोड ७० लाख

सिद्धार्थ

१ अर्ब १६ करोड ११ लाख

१ अर्ब ५७ करोड ७३ लाख

लक्ष्मी

१ अर्ब ७ करोड ७१ लाख

८१ करोड

माछापुच्छ्रे

१ अर्ब २ करोड ५२ लाख

१ अर्ब १ करोड ८ लाख

हिमालयन

९५ करोड ४७ लाख

७४ करोड ३४ लाख

सिटिजन्स

८४ करोड १३ लाख

१ अर्ब २३ करोड ९३ लाख

सनराइज

६५ करोड ३९ लाख

७४ करोड ५५ लाख

सिभिल

६३ करोड ७० लाख

५० करोड ४० लाख

कृषि विकास

१२ करोड ८९ लाख

१ अर्ब ४२ करोड २५ लाख

प्रकाशित : माघ ८, २०७९ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?