प्रतितोला १ लाख ५ हजार पुग्यो सुनको भाउ
काठमाडौँ — सुनको भाउ प्रतितोला १ लाख ५ हजार रुपैयाँ पुगेको छ । यो मूल्य २०७९ सालकै उच्च हो । यसअघि गत फागुन २५ गते सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय पुगेको थियो ।
जुन मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको सुन मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँ बढी हो । यसअघि शुक्रबार १ लाख ३ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय मूल्य उतारचढावअनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाा कायम भएको छ । बिहीबार १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो कारोबार दिनको तुलनामा यो मूल्य २५ रुपैयाँ बढी हो ।
प्रतिक्रिया