कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनको मूल्य तोलामा १ लाख १ हजार ७ सय पुग्यो

काठमाडौँ — नेपाली सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार सात सय रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख एक हजार चार सयमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला तीन सयले बढेको छ ।

सुनको मूल्य तोलामा १ लाख १ हजार ७ सय पुग्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार दुई सय छ । यसको मूल्य अघिल्लो दिन एक लाख नौ सय थियो । त्यस्तै आइतबार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा पाँचले बढेर प्रतितोला एक हजार चार सय पुगेको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।

प्रकाशित : पुस १७, २०७९ १२:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?