कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पोहोरभन्दा साढे ३ लाख टन धेरै फल्यो धान

काठमाडौँ — देशभर यो वर्ष धान उत्पादन करिब ६ दशमलव ९ प्रतिशतले बढेको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यो वर्ष गत वर्षको तुलनामा ३ लाख ५५ हजार ८४७ टन बढी धान उत्पादन भएको हो । गत वर्ष कुल ५१ लाख ३० हजार ६२५ टन धान उत्पादन भएकोमा यो वर्ष ५४ लाख ८६ हजार ४७२ टन उत्पादन भएको मन्त्रालयले जनाएको छ । 

पोहोरभन्दा साढे ३ लाख टन धेरै फल्यो धान

धानको उत्पादकत्व पनि बढेको छ । पोहोरको तुलनामा यस आर्थिक वर्षमा धानको समग्र क्षेत्रफल २ प्रतिशत कमी आएको मन्त्रालयले जनाएको छ । समग्र उत्पादकत्वमा भने ३.७९ प्रतिशतले वृद्धि भएको छ । पोहोर प्रतिहेक्टर क्षेत्रफलमा ३.४७ टन धान उत्पादन भएकोमा अहिले ३.७९ टन उत्पादन भएको छ । मन्त्रालयका अनुसार देशभर कुल १४ लाख ४७ हजार ७८९ हेक्टरमा धान उत्पादन भएको हो । यद्यपी यो वर्षको उत्पादन गत वर्ष २०७८/७९ को तुलनामा बढी रहे पनि अघिल्लो वर्ष २०७७/७८ को तुलनामा कमी हो । ०७७/७८ मा ५६ लाख २१ हजार ७१० टन धान उत्पादन भएको थियो ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलका अनुसार गत वर्ष असोज ३० गतेदेखि कात्तिक २ गतेसम्मको बेमौसमी वर्षाका कारण १ लाख बढी हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा करिब ८.७४ प्रतिशतले उत्पादनमा कमी आएको थियो । यो वर्ष मौसम औसत रहेको, केही ढिलो भएपनि तराईका जिल्लामा रासायनिक मलको उपलब्धता रहेकाले उत्पादन बढ्नमा सघाउ पुगेको उनले बताए । उन्नत बिउको प्रयोग र स्थानीय तहसम्म कृषि प्राविधिकको पहुँच वृद्धि भएका कारण पनि धान उत्पादनमा सामान्य वृद्धि भएको उनले बताए ।

( यसअघि मन्त्रालयले पठाएको तथ्यांकमा त्रुटि भएकाले शीर्षक र तथ्यांक सच्याइएको छ)

प्रकाशित : पुस १४, २०७९ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?