१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

१२५ कम्पनीको सेयर मूल्य बढ्दा ७२ को घट्यो 

काठमाडौँ — सोमबार १२५ कम्पनीको सेयर मूल्य बढ्दा ७२ को घटेको छ । त्यस्तै १४ कम्पनीको मूल्य स्थिर रहृयो । नेप्से परिसूचक भने जम्मा ३.८ अंक बढेर १८५८ अंकमा कायम भएको छ । ८८ करोड ६० लाख रुपैयाँको सेयर कारोबार भयो ।

१२५ कम्पनीको सेयर मूल्य बढ्दा ७२ को घट्यो 

बैंकिङ ०.३५, जलविद्युत् १, माइक्रोफाइनान्स १३ तथा ब्यापार उपसमूह ०.८ अंक घटे । विकास बैंक १५, फाइनान्स ६, होटल तथा पर्यटन ४, जीवन बीमा २८, उत्पादन १०, निर्जीवन बीमा १३ र अन्य उपसमूह २८ अंक बढे । धौलागिरि लघुवित्तको मूल्य १० तथा खप्तड लघुवित्तको ६ प्रतिशत बढ्यो । इस्टर्न हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.९ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा प्राइम कमर्सियल बैंक, फरवार्ड माइक्रोफाइनान्स, हिमालयन डिस्टिलरी, नेपाल टेलिकम र पिपुल्स हाइडड्रोपावर क्रमशः अगाडि रहे । बजारको पुँजीकरण २६ खर्ब ८६ अर्ब रुपैयाँ बराबर कायम भएको छ ।


प्रकाशित : पुस ४, २०७९ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?