अब पेट्रोल १७८, डिजेल र मट्टीतेल १७५ रूपैयाँमा

इन्धनको मूल्य घट्यो

काठमाडौँ — नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल, मट्टीतेल १७५ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १८१ र डिजेल, मट्टीतेल १७८ रुपैयाँ थियो ।

अब पेट्रोल १७८, डिजेल र मट्टीतेल १७५ रूपैयाँमा

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा यसको भाउ घटेको हो । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको छ । यस पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि इन्धनको मूल्य केही घटाइएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले पनि मूल्य घटाएाके हो ।

निगमले आईओसीलाई करिब १३ अर्ब रुपैयाँ बक्यौता बुझाउन बाँकी छ । सरकारलाई बुझाउनुपर्ने ऋण पनि ७ अर्ब रुपैयाँ छ । विगतमा कच्चा तेलको मूल्य उच्च भएका बेला सोअनुरुप नेपालमा मूल्य समायोजन गर्न नसक्दा बक्यौता तथा ऋण रकम थपिएको निगमको भनाइ छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दो छ । डेढ महिनामा कच्चा तेलको मूल्य प्रतिब्यारेल १५ डलर हाराहारी घटेको छ । तेल उत्पादक मुलुकहरूको संगठन ओपेक प्लसले नोभेम्बरमा कटौती गरेको परिमाणलाई निरन्तरता दिएको छ । युरोपियन मुलुकले रसियन कच्चा तेलको मूल्यमा प्रतिब्यारेल ६० डलरको ‘क्याप’ लगाइदिएका छन् । यसले चीन र भारतले रसियन तेल आपूर्ति बढाएका छन् ।

प्रकाशित : पुस २, २०७९ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?