१५ वाणिज्य बैंकले घोषणा गरे लाभांश (सूचीसहित) - अर्थ / वाणिज्य - कान्तिपुर समाचार

१५ वाणिज्य बैंकले घोषणा गरे लाभांश (सूचीसहित) 

कान्तिपुर संवाददाता

काठमाडौँ — हालसम्म १५ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् । कम्पनीले नगद र सेयर गरी दुई किसिमका लाभांश लगानीकर्तालाई दिने गर्छन् । यसपटक धेरै कम्पनीले नगद लाभांशलाई प्राथमिकता दिएका छन् ।

उदाहरणको रुपमा, कुनै कम्पनीले लगानीकर्तालाई १० प्रतिशत नगद र ५ प्रतिशत सेयर लाभांश घोषणा गरेको खण्डमा, १ सय कित्ता सेयर हुने लगानीकर्ताले सो कम्पनीबाट १ हजार नगद र ५ कित्ता थप सेयर लाभांशस्वरुप पाउँछन् ।

लाभांश घोषणा गरेकामध्ये १० बैंकहरु एभरेस्ट, ग्लोबल आईएमई, स्टान्डर्ड चार्टर्ड, मेगा, इन्भेस्टेन्ट, कुमारी, बीओके, सिटिजन्स, एनसीसी र सानिमाको बुक क्लोज भइसकेको छ । यसको अर्थ बुक क्लोज भएका यी बैंकको सेयर अब खरिद गर्नेले यो वर्ष लाभांश पाउने छैनन् । प्रभु बैंकले आगामी मंगलबारका लागि बुक क्लोजको मिति तय गरेको छ भने सेन्चुरीले आगामी शुक्रबार बुक क्लोजको मिति तय गरेको छ । बाँकी ३ बैंक सिद्धार्थ, एनएमबी र एसबीआईले बुक क्लोजको मिति तय गरिसकेका छैनन् ।

११ वाणिज्य बैंकले भने लाभांश घोषणा गर्न बाँकी छ । लाभांश घोषणा गर्न बाँकी रहेका बैंकमा नबिल, प्राइम, माछापुच्छ्रे, एनआईसी एसिया, कृषि विकास, राष्ट्रिय वाणिज्य, नेपाल, हिमालयन, लक्ष्मी, सनराइज र सिभिल बैंक छन् ।

बैंकले घोषणा गरेको लाभांश (सूची)

बैंक

नगद

सेयर लाभांश

कुल

एभरेस्ट

७.६८

१३

२०.६८

स्टान्डर्ड चार्टड

१६.५१

१६.५१

एनसीसी

७.६३

३.३६

११

ग्लोबल आईएमई

१०.६

१३.६

सानिमा

०.९८

१०

१०.९८

बीओके

१४.९५

२०.९५

सिटिजन्स

कुमारी

१२.५

१२.५

सिद्धार्थ

०.६६

१२.५

१३.१६

एनएमबी

८.२५

८.२५

सेन्चुरी

०.२५

४.७५

नेपाल एसबीआई

७.५३

१०.५३

प्रभु

१.५

६.५

मेगा

३.७९

७.७९

इन्भेस्टमेन्ट

११


प्रकाशित : मंसिर २३, २०७९ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्

भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्धता आवश्यक छ : प्रधानमन्त्री देउवा

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् । भ्रष्टाचारविरुद्ध अन्तर्राष्ट्रिय दिवसको अवसरमा शुक्रबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै देउवाले भ्रष्टाचारको नियन्त्रण हरेक दिन चुनौतीपूर्ण बन्दै गएको बताए ।

भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको भूमिका र सक्रियता आवश्यक रहेको पनि उनको भनाइ थियो । साथै भ्रष्टाचार नियन्त्रणलाई सबैको समन्वयमा अघि बढाउँदै जनमुखी सेवा प्रवाह गर्न जरुरी रहेको उनले बताए ।

भ्रष्टाचार समाजको कलंकको रूपमा रहेको भन्दै यसको नियन्त्रण गर्न, भ्रष्टाचारजन्य गतिविधिबाट टाढा रहन र भ्रष्टाचारजन्य कार्यविरुद्ध आवाज मुखरित गरी सदाचार कायम गर्न आवश्यक भएको पनि प्रधानमन्त्री देउवाले भने ।

प्रधानमन्त्री देउवाले भने, ‘भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरी स्वच्छ, स्वस्थ र विकिसित समाज निर्माणका लागि हामी सबै प्रतिबद्ध हुन आवश्यक छ । समाजको कलंकको रुपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न यस्ता गतिविधिबाट टाढै रहन र भ्रष्टाचारजन्य कार्यका विरुद्ध आवाज मुखरित गरी भ्रष्टाचारका गतिविधिहरूको नियन्त्रणका लागि आवश्यक कार्य गर्नुपर्नेछ । सरकारी कामलाई चुस्त बनाउन र जनतालाई सुशासन र सहज व्यवस्थापनको अनुभूति दिनु आजको आवश्यकता हो । भ्रष्टाचारजन्य गतिविधि हुन नदिन राज्यका सबै तहमा कडाइका साथ कानुनको पूर्ण पालना गर्न निर्देशन गर्दछु । भ्रष्टाचार नियन्त्रणको अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न नेपाल सरकार पूर्ण प्रतिबद्ध छ । भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुनमा आवश्यक सुधार गरी अघि बढ्न सरकार प्रतिबद्ध छ । भ्रष्टाचारले सार्वजनिक सेवा प्रवाह र विकास व्यवस्थापनलाई सुधार गर्न जरुरी छ । भ्रष्टाचार नियन्त्रणसम्बन्धी अभियान सञ्चालनको खाँचो रहेको छ ।’

प्रकाशित : मंसिर २३, २०७९ १४:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×