१ लाख नाघ्यो सुनको भाउ 

काठमाडौँ — सुनको भाउ प्रतितोला १ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँ कायम भएको छ । यसअघि बिहीबार ९९ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

१ लाख नाघ्यो सुनको भाउ 

वैशाखयता सुनको मूल्य १ लाखभन्दा तल रहँदै आएको थियो । गत फागुन २५ गते भने सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य उतारचढावअनुसार नेपालमा महासंघले मूल्य निर्धारण गर्दै आएको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ । बिहीबार १ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।


प्रकाशित : मंसिर २३, २०७९ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?