२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

गहुँ छर्नलाई रासायनिक मल माग्दै राजविराजका किसान

अबधेशकुमार झा

सप्तरी — गहुँ खेतीका लागि रासायनिक मल माग्दै राजविराज नगरपालिका कार्यालयमा किसानले धर्ना दिएका छन् । गहुँ छर्ने बेलामा मलको अभाव भएपछि नगरपालिकामा दैनिकजसो किसानहरू भेला हुने गरेका छन् । नगरपालिकाले सिफारिस कुपन दिएपछि मात्रै डिलरहरुले मल उपलब्ध गराउने भएपछि किसानहरु कुपन लिनका लागि कार्यालय धाइरहेका छन् ।

गहुँ छर्नलाई रासायनिक मल माग्दै राजविराजका किसान

एक जना किसानलाई ८ केजीका दरले नगरपालिकाले मलका लागि सिफारिस कुपन दिने गरेको छ । तर ८ केजी मलले नपुग्ने बताउँदै किसानहरूले ५० केजीसम्म माग गर्दै आएका छन् । किसानलाई दिइने मलको कोटा बढाउन उनीहरुले माग गर्दै आएका छन् । केन्द्र सरकारले युरिया तथा पोटास पर्याप्त मौज्दात रहेको दाबी गर्दा वास्तविक किसानले भने मल पाउनका लागि सास्ती ब्यहोर्दै आएका छन् । पहुँच हुनेहरुले कृषि सामग्री केन्द्रका डिलरबाट सहजै मल लिए पनि पहुँच नहुनेलाई सास्ती रहेको राजविराजका किसानहरु बताउँछन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने हाल ४२ हजार टन मल मौज्दात रहेको दाबी गर्दै आएको छ ।


प्रकाशित : मंसिर २२, २०७९ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?