२४ अंक घट्यो सेयर बजार, कारोबार भने बढ्यो 

काठमाडौँ — सेयर बजारको परिसूचक नेप्से सोमबार २४.४६ अंकले घटेको छ । सो अंकको कमीपछि परिसूचक १९३८ अंकमा कायम भएको छ । कारोबार खुलेदेखि नै नेप्से निरन्तर ओर्लियो । परिसूचक घट्दा कारोबार रकम भने केही बढेको छ ।

२४ अंक घट्यो सेयर बजार, कारोबार भने बढ्यो 

आइतबार १ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १ अर्ब ६७ करोडको कारोबार भयो । १४ कम्पनीको मात्रै मूल्य बढ्दा १८१ को घट्यो भने ४ को स्थिर रह्यो । सबै उपसमूह घटेका छन् । बैंकिङ ९, विकास बैंक ५३, फाइनान्स ३६, होटल तथा पर्यटन ३५, जलविद्युत् ३५, जीवन बीमा १३५, उत्पादन १२३, माइक्रोफाइनान्स ५८, निर्जीवन बीमा ९१, अन्य २८ र ब्यापार उपसमूह २६ अंक घटे ।

सयपत्री हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३ प्रतिशतले बढ्यो भने अजोड इन्स्योरेन्सको सबैभन्दा धेरै ७ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा रिडी पावर, शिवम् सिमेन्ट, नबिल बैंक, हिमालयन डिस्टिलरी र नेस्डो लघुवित्त क्रमश: अगाडि रहे ।


प्रकाशित : मंसिर १९, २०७९ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?