कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

प्राधिकरणले कैलाली र कञ्चनपुरमा विद्युतीय प्रसारण लाइन विस्तार गर्ने

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा विद्युत् खपत बढाउन र आपूर्ति सुधार गर्न प्रसारण तथा वितरण प्रणालीको सञ्जाल विस्तार गर्ने भएको छ । प्राधिकरणले तत्कालको समस्या समाधान गर्न हाल रहेका प्रसारण र वितरण प्रणालीका संरचनाहरुको सुदृढीकरण तथा विस्तार गर्ने छ ।

प्राधिकरणले कैलाली र कञ्चनपुरमा विद्युतीय प्रसारण लाइन विस्तार गर्ने

दीर्घकालीन समस्या समाधान गर्न उच्च क्षमताका प्रसारण लाइनको निर्माण गरिने प्राधिकरणले जनाएको छ । गर्मीको समयमा कैलालीको अत्तरिया, टीकापुर धनगढी, कञ्चनपुरको महेन्द्रनगरलगायतका सहरी क्षेत्रमा न्यून भोल्टेज, ट्रिपिङलगायतको समस्या रहेको उपभोक्ताको गुनासो छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलगायत सम्मिलित टोलीले शनिबार र आइतबार त्यस क्षेत्रको स्थलगत अनुगमन भ्रमण गरी विद्युत् आपूर्ति सुधारका लागि गर्नुपर्ने कामका विषयमा जानकारी लिएको छ ।

टोलीले नगरपालिका प्रमुखहरु, उद्योग वाणिज्य संघका प्रतिनिधिहरुसाग छलफल गरेको थियो । टोलीले प्राधिकरणका सुदूरपश्चिम प्रादेशिक कार्यालय तथा वितरण केन्द्र प्रमुखहरुसँग छलफल गरी गर्मी सुरु हुनुभन्दा पहिलेनै विद्युत् आपूर्ति सुधारका सम्पूर्ण कार्य सम्पन्न गर्न र त्यसका लागि आवश्यक पर्ने बजेट तत्काल पेश गर्न निर्देशन दिएको छ । साथै सुदूरपश्चिमका जिल्लाहरुको विद्युतीकरणलाई उच्च प्राथमिकतामा राखी सोही अनुसार काम गर्नसमेत निर्देशन दिएको छ ।

कार्यकारी निर्देशक घिसिङले कैलाली र कञ्चनपुर क्षेत्रको विद्युत् आपूर्तिको समस्यालाई समाधान गर्न तत्काल र दीर्घकालीन रुपमा गर्नुपर्ने कामका लागि टोली नै बनाएर अध्ययन भइरहेको बताए । ‘३३ केभी लाइन क्षमताभन्दा बढी चलाउनु परेका कारण खासगरी गर्मी मौसममा भोल्टेज, ओभरलोड लगायतका समस्या छ, यसको समाधानका लागि कैलालीको अत्तरिया सबस्टेसनबाट दक्षिण क्षेत्र हुँदै १३२ केभी लाइन र धनगढी आसपासमा १३२ केभी सबस्टेसन निर्माण तत्काल सुरु गर्न लागेका छौं, कञ्चनपुरको पुनर्बास र बेलौरीलाई पनि १३२ केभी लाइनबाट जोड्ने छौं, १३२ केभी लाइन केन्द्रमा आएपछि भोल्टेज, ट्रिपिङलगायतका समस्या हुँदैन’, घिसिङले भने ।

अहिले कालीगण्डकीको बिजुली लामो प्रसारण लाइनबाट यस क्षेत्रमा आपूर्तिका लागि ल्याउनु पर्ने बाध्यात्मक अवस्थाका कारण पनि समस्या आएको उनले बताए । यस वर्ष नै बझाङ, दार्चुलामा निर्माण भएका जलविद्युत् आयोजनाको करिब एक सय मेगावाट विद्युत् अत्तरिया सबसबस्टेसनमार्फत यस क्षेत्रमा वितरण गर्न सकिने र त्यसबाट धेरै समस्या समाधान हुने घिसिङको भनाइ छ ।

कर्णाली, सेती, र महाकाली नदी जलााधार क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाहरुको विद्युत् प्रवाहका लागि ४०० केभीका प्रसारण लाइन निर्माण हुन लागेको उनले बताए । ‘लमही–छिन्चु, छिन्चु दोधारा, दोधारा–नयाँ अत्तरिया (दैजी) ४०० केभी प्रसारण लाइन अध्ययनको क्रममा छन्’ घिसिङले भने ‘लमही, मोतिपुर छिन्चु र नयाँ अत्तरियामा ४००/१३२ सबस्टेसन निर्माण गरिने छ ।’ प्राधिकरण टोलीले प्रस्तावित प्रसारण लाइनको रुट तथा सबस्टेसन निर्माण गरि ठाउा, सञ्चालित सबस्टेसन, निर्माणाधीन आयोजननाहरुको पनि अनुगमन गरेको थियो ।

प्रकाशित : मंसिर १९, २०७९ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?