कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

डेढ अर्बको सेयर कारोबार, नेप्से १९६३ अंकमा 

काठमाडौँ — आइतबार १ अर्ब ५६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बिहीबारको तुलनामा कारोबार रकम बढेको हो । बिहीबार १ अर्ब ३२ करोडको सेयर कारोबार भएको थियो । परिसूचक नेप्से भने जम्मा २.१ अंक बढेर १९६३ अंकमा कायम भएको छ ।

डेढ अर्बको सेयर कारोबार, नेप्से १९६३ अंकमा 

बैंकिङ ९, विकास बैंक १, फाइनान्स ९, उत्पादन उपसमूह १३ अंक घटे । होटल तथा पर्यटन उपसमूह ४४, जलविद्युत् ४, जीवन बीमा १८३, माइक्रोफाइनान्स १६, निर्जीवन बीमा ५७, अन्य १० र ब्यापार उपसमूह १५ अंक बढे ।

कुल ९७ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १३ को स्थिर रह्यो । धौलागिरी लघुवित्तको सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । ओरियन्टल होटल र खप्तड लघुवित्तको मूल्य ६ प्रतिशत बढ्यो । नेस्डो लघुवित्तको ६ प्रतिशत तथा नबिल बैंकको ३.४ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा नबिल बैंक, नेस्डो, फस्र्ट माइक्रोफाइनान्स, हिमालयन डिस्टिलरी र शिवम् सिमेन्ट क्रमश: अगाडि रहे । बजारको पुँजीकरण २८ खर्ब २३ अर्ब कायम भएको छ ।


प्रकाशित : मंसिर १८, २०७९ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?