कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

त्रिशूली जलविद्युत्‌को सेयर पाएर पनि रकम नतिर्नेको सेयर नै जफत हुने 

काठमाडौँ — त्रिशूली जलविद्युत् कम्पनीको प्राथमिक सेयर (आईपीओ) खरिद गरेर सम्पूर्ण रुपमा रकम भुक्तानी नगर्नेको सेयर नै जफत हुने भएको छ । त्रिशुली जलविद्युत् कम्पनीले सार्वजनिक सूचना जारी गर्दै सेयरवापतको सबै रकम भुक्तानी गर्न फागुन १७ गतेसम्मको म्याद दिएको छ ।

त्रिशूली जलविद्युत्‌को सेयर पाएर पनि रकम नतिर्नेको सेयर नै जफत हुने 

सो समयभित्र पनि रकम भुक्तानी नगरेमा यसअघि तिरिसकेको र ब्याज समेत जोड्दा थपिने रकमको मात्रै सेयर दिई बाँकी सेयर जफत गरिने कम्पनीले जनाएको छ ।

आईपीओ खुल्दा सुरुमा प्रतिकित्ता १० रुपैयाँका दरले कम्पनीले रकम संकलन गरी बाँकी ९० रुपैयाँ पछि माग गर्ने जनाएको थियो । सोअनुसार पहिले प्रतिकित्ता १० रुपैयाँका दरले पैसा बुझाएर सेयर भरेकालाई सेयर बाँडफाँट भइसकेको छ । ती सेयरधनीलाई अब प्रतिकित्ता ९० रुपैयाँ बुझाउनुपर्नेमा ८८ रुपैयाँ ७४ पैसाका दरले बुझाउन भन्दै कम्पनीले सूचना जारी गरेको हो ।

कम्पनीले पहिले नै रकम संकलन गरेकाले ब्याजस्वरुप लगानीकर्तालाई प्रतिकित्ता १ रुपैयाँ २६ पैसाका दरले प्रदान गर्ने भएकाले ८८ रुपैयाँ ७४ पैसाका दरले बुझाउन भनेको हो । जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता (कम्पनीका कर्मचारीका लागि आरक्षण गरिएको समेत) सेयर निस्कासन गरेको थियो । कम्पनीको सेयर बाँडफाँटमा सेयर पाई प्रतिकित्ता १० रुपैयाँ बुझाएका ४६ हजार सर्वसाधारण सेयरधनीले प्रतिकित्ता ८८ रुपैयाँ ७४ पैसाका दरले रकम भुक्तानी गर्न बाँकी छ ।


प्रकाशित : मंसिर १८, २०७९ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?