१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

आउँदो एक वर्षमा मूल्यवृद्धि १२ प्रतिशत पुग्ने प्रक्षेपण

काठमाडौँ — आगामी एक वर्षमा बजारमा मूल्य वृद्धिदर १२ प्रतिशत पुग्ने प्रक्षेपण राष्ट्र बैंकको एक सर्वेक्षणले देखाएको छ । राष्ट्र बैंकले गरेको चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अपेक्षित मुद्रास्फीति सर्वेक्षणले यस्तो देखाएको हो । 

आउँदो एक वर्षमा मूल्यवृद्धि १२ प्रतिशत पुग्ने प्रक्षेपण

‘तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुद्रास्फीति क्रमश: १० प्रतिशत र १२ प्रतिशत रहेको छ,’ सर्वेक्षणमा भनिएको छ, ‘व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने अपेक्षा गरेका छन् ।’ केन्द्रीय बैंकले कसिलो नीति अवलम्बन गरे पश्चात अपेक्षित मूद्रास्फीतिमा कमी आउन थालेको देखिन्छ ।

अघिल्लो सर्वेक्षणको तुलनामा यस सर्वेक्षणमा ८ सय ९९ थप व्यक्तिहरू थपिएका छन् । सर्वेक्षणमा सहभागी ८६.६ प्रतिशत उत्तरदाताले आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गरेका छन् । त्यसैगरी, ९५.७ प्रतिशत उत्तरदाताले आगामी एक वर्षमा मूल्यवृद्धि हुने अपेक्षा गरेको राष्ट्र बैंकले जनाएका छन् ।

आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको छ र अर्को एक वर्षमा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश थोरै बढेको सर्वेक्षणमा उल्लेख छ । खाद्य र खाद्य वस्तुको सबै उपसमूह, गैर–खाद्य वस्तु तथा सेवा र सबै उपसमूह तथा घरजग्गा (आवास) समूहमा आगामी तीन महिनामा मूल्य वृद्धि हुने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा घटेको सर्वेक्षणले देखाएको छ ।

यस्तै, खाद्य र खाद्य समूह अन्तरगतका गेडागुडी, दाल, चिनी तथा मसाला र गैर–खाद्य र सेवा समूह बाहेकका अन्य समुह तथा उपसमूहमा एक वर्ष अगाडि मूल्य बढ्ने अपेक्षा गर्ने उत्तरदाताहरूको अंश असार, २०७९ को तुलनामा केही घटेको छ ।

राष्ट्र बैंकले, आर्थिक वर्ष २०७९/८० को प्रथम त्रैमासिकको अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजा सार्वजनिक गरेको हो । सर्वेक्षण २०७९ असोज २३ देखि असोज २९ (अक्टोबर ०९ देखि १५ अक्टोबर, २०२२) सम्म ५७ सहरका ६० बजार क्षेत्रका व्यक्तिहरुसाग अन्तर्वार्ता मार्फत सम्पन्न गरिएको जनाएको छ । प्रस्तुत परिणामहरू २०४० व्यक्तिहरूको प्रतिक्रियामा आधारित रहेको राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

तीन महिना र एक वर्ष पछिको मध्य अपेक्षित मुऽास्फीति क्रमश: १० प्रतिशत र १२.० प्रतिशत रहेको छ । व्यक्तिहरूले निकट अवधिमा मुद्रास्फीति घट्ने र मध्यम अवधिमा थोरै बढ्ने अपेक्षा गरेका छन्। नेपाल राष्ट्र बैंकले कसिलो नीति अवलम्बन गरे पश्चात अपेक्षित मूद्रास्फीतिमा कमी आउन थालेको देखिन्छ ।


प्रकाशित : मंसिर १६, २०७९ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?