युरोपेली संघले तयार पार्‍यो २० जना अन्तर्राष्ट्रिय बजार विश्लेषण विज्ञ

काठमाडौँ — विश्व विद्यालयका प्राध्यापक र सरकारका उच्च अधिकारीहरूलाई अन्तर्राष्ट्रिय बजार विश्लेशण उपकरणबारे प्रशिक्षकको रूपमा विकास गर्न युरोपेली संघले पाँच दिने कार्यशाला आयोजना गरेको छ । नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सहयोग पुगोस् भन्ने उदेश्यले कार्यशाला आयोजना गरिएको विज्ञप्तीमा उल्लेख छ ।

युरोपेली संघले तयार पार्‍यो २० जना अन्तर्राष्ट्रिय बजार विश्लेषण विज्ञ

कार्यशालाबाट प्रशिक्षकको रूपमा २० जना अन्तर्राष्ट्रिय बजार विश्लेषण विज्ञहरू तयार भएको संघले जनाएको छ । यी विज्ञले शिक्षक अनुसन्धानकर्ता तथा विभिन्न सरकारी एवं गैरसरकारी निकायहरूमा सल्लाहकारको रूपमा ज्ञान विस्तार गर्ने अपेक्षा गरिएको छ ।

'सन् २०२६ सम्म नेपाल अति कम विकसित मुलुकबाट स्तरोन्नति हुन गइरहेको र सन् २०१७ मा विश्व व्पापार संगठनको व्यापार सहजीकरण सम्झौताबाट अधिकतम लाभ लिनको लागि अन्तर्राष्ट्रिय व्यापारका विविध पक्षको ज्ञान र जानकारी अभिवृद्धि गर्नुपर्ने अवस्थामा यस कार्यशालाले महत्वपूर्ण योगदान पुर्‍याउनेछ,' विज्ञप्तीमा भनिएको छ, 'प्रशिक्षकहरू निर्माण गर्ने क्रममा अन्तर्राष्ट्रिय व्यापार केन्द्रका विज्ञहरूले अन्तरक्रिया र प्रयोगात्मक कार्यमा आधारित तालिम विधिहरू प्रयोग गरी प्रशिक्षार्थीहरूलाई प्रस्तुतिको अवसर प्रदान गरेका थिए ।' प्रशिक्षार्थीहरूले अन्तर्राष्ट्रिय व्यापारका विभिन्न पक्षहरूका बारेमा जनाकारी लिनेमात्र नभइ आगामी दिनमा आफूले सिकेको ज्ञान शिक्षण अनुसन्धान तथा नीतिनिर्माण तहमा उपयोग गर्ने योजना रहेको बताएका थिए ।

त्रिभुवन विश्व विद्यालय अर्थशास्त्र विभागका सहप्राध्यापक रेशम थापाले यस कार्यशालाबाट अन्तर्राष्ट्रिय व्यापार विश्लेषणका नविनतम उपकरणहरूको प्रयोगबारे जानकारी पाएको बताए । अर्की सहभागी जुनु सिन्जाली मगरले नेपालका लागि अन्तर्राष्ट्रिय व्यापारका विविध पक्षबारे जानकारीका स्रोतहरूको आवश्यकता परेको बेला यस्ता प्रशिक्षण उपयोगी भएको बताइन् ।

प्रकाशित : मंसिर १६, २०७९ १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?