विदेशी चुरोट बेच्दा २ करोड राजस्व छलेको आरोपमा छविलालविरुद्ध मुद्दा दायर

काठमाडौँ — विदेशी चुरोट तथा गुट्खा आयात गरी बिक्री गर्दा २ करोड १६ लाख राजस्व छलेको अभियोगमा छविलाल अगस्तीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । पर्सा सखुवा पर्सौनी गाउँपालिका स्थायी ठेगाना भई काठमाडौं बस्ने नवराज शर्मा भनिने छविलाल अगस्तीविरुद्ध विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । 

विदेशी चुरोट बेच्दा २ करोड राजस्व छलेको आरोपमा छविलालविरुद्ध मुद्दा दायर

अगस्तीले बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नलिई विदेशी ब्राण्डका चुरोट, गुट्खा लगायत वस्तु आयात गरी बिक्री गरेको आरोप विभागले लगाएको छ । विभागले उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा अभियुक्तले विभिन्न शीर्षकमा २ करोड १६ लाख राजस्व छली गरेको जनाएको छ । अगस्तीबाट सो रकमको दोब्बर अर्थात ४ करोड ३२ लाख रुपैयाँसम्म जरिवाना असुलउपर गराउन सजाय माग दावी गरिएको छ ।


प्रकाशित : मंसिर १५, २०७९ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?