कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

आन्तरिक राजस्वमा मैनाली

काठमाडौँ — सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रमुख तथा सहसचिव दीर्घराज मैनालीलाई आन्तरिक राजस्व विभागको महानिर्देशकमा नियुक्त गरिएको छ । उनलाई ऋण व्यवस्थापनमा सरुवा भएको चार महिनामा आन्तरिकमा पठाइएको हो ।

आन्तरिक राजस्वमा मैनाली

राजस्व अनुसन्धान विभागलगायतका विभिन्न निकायमा रहेर काम गरेका मैनालीले बुधबारदेखि आन्तरिक राजस्वको महानिर्देशकका रुपमा जिम्मेवारी सम्हालेका छन् । आन्तरिकका महानिर्देशक रितेश शाक्यलाई अर्थ मन्त्रालय सरुवा गरिएको छ । मैनालीले अघिल्लो सरकारका बेला राजस्व अनुसन्धान विभागको ३३ महिना महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए । उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले महानिर्देशकबाट सरुवा गरेको थियो ।

देउवा सरकार गठनगरे लगत्तै शोभाकान्त पौडेलललाई आन्तरिक राजस्वमा पठाएकोमा ७ महिनामा सरुवा गरिएको थियो । उनलाई छोटो समयमा किन सरुवा गरिएको भन्दै प्रश्न उठेको थियो । पौडेललाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा चार महिनाभन्दा बढी समय जगेडामा राखिएको थियो । पौडेलको सट्टा अर्थ मन्त्रालयमा प्रवक्ताको रुपमा काम गरिरहेका शाक्यलाई पठाइएको थियो । अहिले मैनालीको नियुक्तिपछि डेढ वर्षमा आन्तरिक राजस्वमा तीन जना महानिर्देशक सरुवा भएका छन् ।

प्रकाशित : मंसिर १५, २०७९ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?