१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

११ अंक बढ्यो नेप्से, कारोबारमा सुधार

काठमाडौँ — साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ११.२२ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९६१ अंकमा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । बुधबार ८४ करोडको कारोबार भएकोमा बिहीबार १ अर्ब ३२ करोडको भयो । 

११ अंक बढ्यो नेप्से, कारोबारमा सुधार

बैंकिङ १३, विकास बैंक ९, फाइनान्स ०.७, जलविद्युत् ७, जीवन बीमा ११६, उत्पादन २३, माइक्रोफाइनान्स १०, अन्य ४ र ब्यापार उपसमूह १६ अंक बढे । निर्जीवन बीमा १५ र होटल तथा पर्यटन उपसमूह ४ अंक घटे । धौलागिरि लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । स्वेतगंगाको ९.२ तथा लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य ५ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा नबिल बैंक, एनसीसी बैंक (संस्थापक), हिमाल दोलखा हाइड्रो, हिमालयन डिस्टिलरी र नेस्डो लघुवित्त क्रमश: अगाडि रहे ।


प्रकाशित : मंसिर १५, २०७९ १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?