२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

भारतद्वारा कनिका र गैरबासमती चामलको निर्यात प्रतिबन्ध फुकुवा 

काठमाडौँ — भारतले भदौ तेस्रो सातादेखि कनिका र गैरबासमती चामल निकासीमा लगाएको प्रतिबन्ध फकुवा गरेको छ । भदौ तेस्रो साता भारत सरकारले आन्तरिक उपलब्धतामा कमी हुन सक्ने ठहर गर्दै कनिकाको निकासीमा प्रतिबन्ध लगाएको थियो भने गैरबासमती चामलको निकासी नियन्त्रणका लागि २० प्रतिशत कर लगाएको थियो ।

भारतद्वारा कनिका र गैरबासमती चामलको निर्यात प्रतिबन्ध फुकुवा 

त्यतिबेला भारतमा खुद्रा मूल्य समेत बढ्दै गएपछि निकासीमा प्रतिबन्ध लगाई मूल्य घटाउने लक्ष्य सरकारले लिएको थियो । मंगलबार मात्रै भारतको वैदेशिक व्यापार महानिर्देशनालयले सूचना जारी गर्दै कनिका र गैरबासमती चामलको निकासी प्रतिबन्धअघिको नियमअनुसार हुने स्पष्ट पारेको छ । यो निर्णले नेपाललाई भारतबाट कनिका आयातमा सहजता हुनुका साथै भारतले लगाएको अतिरिक्त कर हटेको छ । आयात हुने चामल केही सस्तो पर्न जानेछ ।

नयाँ चामल उत्पादन हुन थालेसँगै निर्यातलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रतिबन्ध फुकुवा गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको वाणिज्य मन्त्रालयका अनुसार अप्रिलदेखि सेप्टेम्बरसम्म भारतले साढे ५ अर्ब डलरको चामल निर्यात गरेको छ । भारतले एक वर्षमा करिब १० अर्ब डलरको चामल निर्यात गर्नेछ ।


प्रकाशित : मंसिर १४, २०७९ १६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?