६४ कम्पनीको सेयर मूल्य बढ्दा १२४ को घट्यो


काठमाडौँ — बुधबार सेयर बजारमा मूल्य बढ्ने कम्पनीभन्दा घट्ने कम्पनीको संख्या करिब दोब्बर रहेको छ । कुल ६४ कम्पनीको मूल्य बढ्दा १२४ को घट्यो भने ६ को स्थिर रह्यो । मूल्य बढ्ने कम्पनीमध्ये पनि ग्रिनलाइफ हाइड्रोपावर र खप्तड लघुवित्त सबैभन्दा अगाडि रहे । ती कम्पनीको ४ प्रतिशतले सेयर मूल्य बढेको छ । विन नेपाल लघुवित्तको मूल्य सबैभन्दा धेरै ४.४ प्रतिशतले घट्यो ।


समग्र सेयर बजारको परिसूचक नेप्से भने झिनो अंकमा रातो रह्यो । नेप्से ३.५ अंकले घटेर १९४९ अंकमा कायम भएको छ । कारोबार रकम जम्मा ८४ करोड २६ लाखमा खुम्चिएको छ ।
व्यापार उपसमूह १६ अंक बढ्यो । बैंकिङ ०.३, विकास बैंक १८, फाइनान्स १७, होटल तथा पर्यटन १, जलविद्युत् २, जीवन बीमा १७, उत्पादन १८, निर्जीवन बीमा ७ र अन्य उपसमूह ९ अंक घटे । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, नबिल बैंक, नेस्डो लघुवित्त, शिवम् सिमेन्ट र इन्भेष्टमेन्ट बैंक (संस्थापक) कम्पनी क्रमश: अगाडि रहे । बजारको पुँजीकरण २८ खर्ब ४ अर्ब कायम भएको छ ।