३६ प्रतिशत घट्यो सेयर कारोबार 

कारोबार भइरहँदा १९३४ अंकसम्म झरेकाे नेप्से अन्त्यमा बढ्यो

काठमाडौँ — मंगलबार सेयर कारोबार रकम ३६ प्रतिशतले घटेको छ । सोमबार कुल १ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार ९५ करोडमा खुम्चियो । सोमबार पनि कारोबार रकम २६ प्रतिशतले घटेको थियो ।

३६ प्रतिशत घट्यो सेयर कारोबार 

कारोबार रकम घटे पनि मंगलबार परिसूचक भने २.९९ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९५३ अंकमा कायम भएको छ । दिनभरको कारोबारमा नेप्से १९३४ अंकसम्म खसेको थियो । कुल १२० कम्पनीको मूल्य बढ्दा ६७ को घट्यो भने ९ को स्थिर रह्यो । बैंकिङ ०.९, होटल तथा पर्यटन ५.१, उत्पादन १.२, निर्जीवन बीमा १४.६ र ब्यापार उपसमुह १४.९ अंक घटे । अन्य ६, माइक्रोफाइनान्स २५, जीवन बीमा ३०, जलविद्युत् २, फाइनान्स १९ र विकास बैंक उपसमूह २८ अंक बढे ।

धौलागिरी लघुवित्तको ६ र एनसीसी बैंकको मूल्य ५ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, नबिल बैंक, शिवम् सिमेन्ट, नेस्डो लघुवित्त र एनसीसी बैंक क्रमश: अगाडि रहे ।


प्रकाशित : मंसिर १३, २०७९ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?