२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

मौद्रिक समीक्षाप्रति चेम्बर असन्तुष्ट, भन्यो- वित्तीय स्थायित्व कायम हुँदैन

काठमाडौँ — राष्ट्र बैंकले आइतबार मात्रै मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामा गरिएको व्यवस्थाले वित्तीय स्थायित्व कायम गर्न नसक्ने भन्दै चेम्बर अफ कमर्सले असन्तुष्ट जनाएको छ ।

मौद्रिक समीक्षाप्रति चेम्बर असन्तुष्ट, भन्यो- वित्तीय स्थायित्व कायम हुँदैन

चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘मुलुकको बाह्य क्षेत्रमा केही सुधार देखिएपनि आन्तरिकतर्फ अर्थतन्त्र जोखिमकै अवस्थामा रहँदा मौद्रिक नीतिको समीक्षामार्फत सम्बोधन हुने अपेक्षा थियो । राष्ट्र बैंकको पछिल्लो व्यवस्थाले आर्थिक गतिविधिलाई चलायमान बनाउन सहयोग गर्दैन ।’

शून्य दशमल ४ प्रतिशत घटाइएको स्प्रेड दरले आगामी दिनमा ब्याजदर बढ्न नदिए पनि हाल कायम उच्च ब्याजदरलाई घटाउने सम्भावना न्यून रहेको चेम्बरको ठहर छ । बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा आधार दरमा लिने प्रिमियमलाई अधिकतम २ प्रतिशतसम्म मात्रै कायम गर्न पनि चेम्बरले राष्ट्र बैंक समक्ष आग्रह गरेको छ । मौद्रिक नीति सम्बन्धमा राष्ट्र बैंकको समीक्षाले औद्योगिक क्षेत्र थप प्रवाहित हुने चेम्बरले जनाएको छ ।

चेम्बरले हाल कायम ८.५ प्रतिशतको बैंक दरलाई ५ प्रतिशतमा झार्न सुझाव दिएको छ । विदेशी विनिमय सञ्चितिमा सुधार आएको भन्दै चेम्बरले केही वस्तुहरुको आयातमा एलसी खोल्दा लाग्दै आएको शतप्रतिशत मार्जिनको व्यवस्थालाई समेत हटाई सहजीकरण गर्न आग्रह गरेको छ । चेम्बरले सीडी रेसियोलाई ९० प्रतिशतको स्थानमा विगतका वर्षहरुमाझैं सीसीडी रेसियो ८५ प्रतिशत कायम गर्न वा सीडी रेसियोलाई ९५ प्रतिशत गर्न आग्रह गरेको छ ।


प्रकाशित : मंसिर १२, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?