४ महिनामा बैंकहरुले दिए जम्मा ४७ अर्ब कर्जा, कुन बैंकले कति दिए ? 

काठमाडौँ — चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्म वाणिज्य बैंकहरुले थप ४७ अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह गरेका छन् । असार मसान्तसम्म यी बैंकहरुले कुल ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेकोमा कात्तिक मसान्तसम्म ४२ खर्ब २२ अर्ब प्रवाह भएको छ ।

४ महिनामा बैंकहरुले दिए जम्मा ४७ अर्ब कर्जा, कुन बैंकले कति दिए ? 

चालु आर्थिक वर्ष राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत निजी क्षेत्रमा प्रवाह हुने कर्जा १२.६ प्रतिशतले वृद्धि गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य भेटाउन वाणिज्य बैंकहरुले मात्रै सवा ५ खर्ब रुपैयाँ प्रवाह गर्नुपर्छ । तर सुरुवाती ४ महिनामा जम्मा ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह हुनुले लक्ष्य भेटाउन नसक्ने देखिएको छ । लक्ष्य भेटाउन ४ महिनामा औसत १ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह हुनुपर्छ ।

बैंकहरुको निक्षेप संकलनमा आएको सुस्तताको असर कर्जा प्रवाहमा देखिएको छ । ४ महिनामा जम्मा २२ अर्ब रुपैयाँ मात्रै निक्षेप थपिएको छ । असार मसान्तसम्म कुल निक्षेप संकलन ४५ खर्ब ४१ अर्ब रहेकोमा कात्तिक मसान्तसम्म आउँदा ४५ खर्ब ६३ अर्ब रुपैयाँ कायम भएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार यो ४ महिनाको अवधिमा नेपाल इन्भेष्टमेन्ट बैंकले सबैभन्दा धेरै कर्जा प्रवाह गरेको छ । सो बैंकले मात्रै ४ महिनाको अवधिमा ११ अर्ब १७ करोड रुपैयाँ कर्जा वृद्धि गरेको हो । केही बैंकको कर्जा प्रवाह असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म आउँदा घटेको छ । सो अवधिमा एनसीसी बैंकको कर्जा सबैभन्दा धेरै ९ अर्ब ४२ करोडले घटेको छ ।

कुन बैंकले कति बढाए कर्जा ?

बैंक

कर्जा असार मसान्त

कर्जा कात्तिक मसान्त

फरक रकम

कृषि विकास

१ खर्ब ७८ अर्ब ५५ करोड

१ खर्ब ७७ अर्ब ९३ करोड

६२ करोड

बीओके

१ खर्ब ६ अर्ब ७२ करोड

१ खर्ब ५ अर्ब १२ करोड

१ अर्ब ६० करोड

सेन्चुरी

९१ अर्ब ४७ करोड

८७ अर्ब ६१ करोड

३ अर्ब ८६ करोड

सिटिजन्स

१ खर्ब ३५ अर्ब ७७ करोड

१ खर्ब ४० अर्ब २० करोड

४ अर्ब ४३ करोड

सिभिल

८७ अर्ब १८ करोड

८७ अर्ब ३३ करोड

१५ करोड

एभरेस्ट

१ खर्ब ५४ अर्ब ५५ करोड

१ खर्ब ५८ अर्ब ३ करोड

३ अर्ब ४८ करोड

ग्लोबल

२ खर्ब ७२ र्ब २१ करोड

२ खर्ब ७३ अर्ब ५५ करोड

१ अर्ब ३४ करोड

हिमालयन

१ खर्ब ५६ अर्ब ४५ करोड

१ खर्ब ६२ अर्ब २२ करोड

५ अर्ब ७७ करोड

कुमारी

१ खर्ब ५९ अर्ब ४४ करोड

१ खर्ब ६१ अर्ब ३१ करोड

१ अर्ब ८७ करोड

लक्ष्मी

१ खर्ब ३२ अर्ब ५७ करोड

१ खर्ब ३१ अर्ब ६२ करोड

९५ करोड

माछापुच्छ्रे

१ खर्ब २९ अर्ब ६१ करोड

१ खर्ब ३४ अर्ब ५४ करोड

४ अर्ब ९३ करोड

मेगा

१ खर्ब ५० अर्ब ४ करोड

१ खर्ब ५३ अर्ब ४ करोड

३ अर्ब

नबिल

३ खर्ब ९ अर्ब ६ करोड

३ खर्ब १५ अर्ब ८२ करोड

६ अर्ब ७६ करोड

नेपाल

१ खर्ब ८० अर्ब ८२ करोड

१ खर्ब ७८ अर्ब ६ करोड

२ अर्ब ७६ करोड

एनसीसी

१ खर्ब २६ अर्ब ९३ करोड

१ खर्ब १७ अर्ब ५१ करोड

९ अर्ब ४२ करोड

इन्भेस्टमेन्ट

१ खर्ब ६८ अर्ब १६ करोड

१ खर्ब ७९ अर्ब ३३ करोड

११ अर्ब १७ करोड

एनआईसी

२ खर्ब ६८ अर्ब २४ करोड

२ खर्ब ७० अर्ब ९३ करोड

२ अर्ब ६९ करोड

एनएमबी

१ खर्ब ८२ अर्ब ९ करोड

१ खर्ब ८८ अर्ब ३८ करोड

६ अर्ब २९ करोड

एसबीआई

१ खर्ब १० अर्ब ६९ करोड

१ खर्ब १७ अर्ब ६३ करोड

६ अर्ब ९४ करोड

प्रभु

१ खर्ब ५० अर्ब ४१ करोड

१ खर्ब ५५ अर्ब ८१ करोड

५ अर्ब ४० करोड

प्राइम

१ खर्ब ५४ अर्ब ९५ करोड

१ खर्ब ५४ अर्ब २० करोड

७५ करोड

राष्ट्रिय वाणिज्य

२ खर्ब २८ अर्ब ६५ करोड

२ खर्ब २७ अर्ब ५९ करोड

१ अर्ब ६ करोड

सानिमा

१ खर्ब ४० अर्ब ८३ करोड

१ खर्ब ४७ अर्ब ७१ करोड

६ अर्ब ८८ करोड

सिद्धार्थ

१ खर्ब ८६ अर्ब ९ करोड

१ खर्ब ८३ अर्ब ७८ करोड

२ अर्ब ३१ करोड

स्टान्डर्ड

८९ अर्ब ५९ करोड

८९ अर्ब ३२ करोड

२७ करोड

सनराइज

१ खर्ब २३ अर्ब ७७ करोड

१ खर्ब २३ अर्ब १ करोड

७६ करोड

Source: Nepal Bankers' Association

प्रकाशित : मंसिर ११, २०७९ १४:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?