जीवन बिमक संघको अध्यक्षमा पौडेल

काठमाडौँ — जीवन बिमा कम्पनीहरूको छाता संगठन जीवन बिमक संघको अध्यक्षमा पोषकराज पौडेल चयन भएका छन् । संघको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । पौडेल सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन् ।

जीवन बिमक संघको अध्यक्षमा पौडेल

यस्तै, संघको उपाध्यक्षमा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी प्रवीण रमण पराजुली, महासचिव ज्योती लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र कोषाध्यक्षमा एशियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ चुनिएका छन् । संघको कार्यकारी सदस्यमा एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत एलपी दास, आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयाल र रिलायबल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी‌ छन् ।

नेपालमा १९ वटा जीवन बिमा कम्पनी सञ्चालनमा छन् । बिमा पहुँचको तथ्यांक गणना गर्दा जीवन बिमा सेवा लिएको जनसंख्यालाई मात्र समावेश गरिन्छ । यो अन्तर्राष्ट्रिय प्रचलन हो । निर्जीवन बिमा निश्चित अवधिको (म्यादी) हुने भएकाले बिमा पहुँचमा समावेश नगरिएको हो ।

एक व्यक्तिले एकभन्दा बढी जीवन बिमा पनि गरेका हुन्छन् । यसकारण जारी बिमालेखकै आधारमा त्यत्तिकै संख्याका नागरिकसम्म सुविधा पुग्यो भन्ने हुँदैन । बिमा पहुँचको तथ्यांक गणना गर्दा यस्तो प्रकारको दोहोरोपन हटाउनुपर्छ । यसका लागि कुल जारी बिमालेखबाट ५ प्रतिशत घटाएर बचेको बिमालेख सोही अवधिको कुल जनसंख्यासाग तुलना गरेर बिमा पहुाच गणना गर्ने विश्वव्यापी प्रचलन छ ।

प्रकाशित : मंसिर १०, २०७९ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?