११ अंकले बढ्यो नेप्से

काठमाडौँ — साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ११.५६ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से १९३३ अंकमा कायम भएको छ । कारोबार रकम भने ९२ करोड ५१ लाखमा खुम्चिएको छ । बुधबार १ अर्ब २ करोडको कारोबार भएको थियो ।

बैंकिङ ५, विकास बैंक ३७, फाइनान्स १८, होटल २, जलविद्युत् ११, जीवन बीमा २७, उत्पादन ६०, माइक्रोफाइनान्स २७, अन्य २४ र व्यापार उपसमूह २३ अंक बढे । निर्जीवन बीमा भने ३ अंक घट्यो । घलेम्दी हाइड्रो र आरएमडीसी लघुवित्तको मूल्य ६ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा भने साइन रेसुंगा विकास बैंक, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक, नेस्डो लघुवित्त र नबिल बैंक क्रमश: अगाडि रहे ।