कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

सुदूरपश्चिममा कृषि बालीको भू क्षेत्र घट्यो

काठमाडौँ — अघिल्लो आर्थिक वर्षको तुलनामा सुदूरपश्चिम प्रदेशमा कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी एवम् फलफूल तथा मसला)ले ढाकेको भू–क्षेत्र घटेको नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधि अध्ययनले देखाएको छ । अघिल्लो वर्ष शून्य दशमलव १८ प्रतिशतले वृद्धि हुँदा गत वर्ष २.९० प्रतिशतले ह्रास आएको हो ।

सुदूरपश्चिममा कृषि बालीको भू क्षेत्र घट्यो

गत वर्ष खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफलमा ३.९३ प्रतिशत र धान बालीले ढाकेको क्षेत्रफल १.३९ प्रतिशतले घटेको हो । कोदो, फापर, आलु, भटमासको क्षेत्रफल क्रमशः १९.७० प्रतिशत, १२.८४ प्रतिशत, १.४५ प्रतिशत र ४.१० प्रतिशतले बढेको राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष ०७८/७९ मा सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययनमा छ ।

सबैभन्दा धेरै दलहन २७.८४ प्रतिशत र र तेलहनको क्षेत्रफल १७.८२ प्रतिशतले ह्रास आएको उक्त अध्ययनमा छ । तरकारीले ढाकेको क्षेत्रफल गत वर्ष ३.४५ प्रतिशतले वृद्धि हुँदा यस वर्ष ७.३८ प्रतिशतले वृद्धि भएको छ । फलफूल तथा मसलाले ढाकेको क्षेत्रफल ७.६५ प्रतिशतले वृद्धि भएको छ । सुदूरपश्चिम अन्तर्गत बाजुरा, बझाङ, दार्चुला, डडेलधुरा, डोटी जिल्लामा खाद्य तथा अन्न बालीको उत्पादनमा वृद्धि हुँदा अन्य जिल्लाहरुमा उत्पादन घटेको हो । सबैभन्दा बढी बाजुरा जिल्लामा ३१.३७ प्रतिशतले उत्पादन वृद्धि हुँदा कैलाली जिल्लामा २५.६६ प्रतिशतले घटेको छ ।

प्रकाशित : मंसिर ८, २०७९ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?