१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

मनकामना केवलकारले ४८ करोड लागतमा होटल निर्माण गर्ने 

काठमाडौँ — मनकामना केवलकारको सहायक कम्पनी रिसोर्टस् बाई मनकामना केवलकार प्रालिले होटल निर्माण गर्ने भएको छ । मनकामना मन्दिरकै नजिक हुनेगरी कम्पनीले ४० कोठायुक्त सुविधासम्पन्न होटल तथा रिसोर्ट निर्माण गर्न लागेको हो ।

मनकामना केवलकारले ४८ करोड लागतमा होटल निर्माण गर्ने 

२४ औं वर्ष पूरा गरी २५ औं वर्षमा प्रवेश गरेको मनकामना केवलकारले एक विज्ञप्ति जारी गर्दै होटल निर्माणमा ४८ करोड अनुमानित लागत रहेको जनाएको छ । हालसम्म करिब १ करोड ७० लाखले मनकामना केवलकार चढेको पनि कम्पनीले जनाएको छ । केवलकारको प्रणालीलाई डी कनेक्ट डिजिटलमा रुपान्तरण गर्न लागिएको कम्पनीले स्पष्ट पारेको छ । वि.सं. २०५५ साल मंसिर ८ देखि संचालनमा आएको मनकामना केवलकार पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकका लागि गन्तव्य बन्दै आएको छ । यसैबीच ११ औं राष्ट्रिय कर दिवसको अवसरमा मनकामना दर्शन प्रालिलाई आर्थिक वर्ष २०७७/७८ मा पर्यटन क्षेत्रमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेबापत आन्तरिक राजश्व विभागले सम्मान गरेको छ ।


प्रकाशित : मंसिर ८, २०७९ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?