कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

विदेशी लगानीकाे न्यूनतम सीमा २ करोड कायम

कान्तिपुर संवाददाता

काठमाडौँ — सरकारले विदेशी लगाीकर्ताले भित्र्याउने लगानीको सीमा ५ करोडबाट २ करोडमा झारेको छ । अबदेखि विदेशी लगानीकर्ताले न्यूनतम २ करोड रुपैयाँ लगानी भित्र्याउन सक्ने छन् । प्रति विदेशी लगानीकर्ता न्यूनतम लगानी सीमा २ करोड रुपैयाँ कायम गरिएको सूचना राजपत्रमा उल्लेख छ ।

विदेशी लगानीकाे न्यूनतम सीमा २ करोड कायम

यद्यपि गैर आवासीय नेपालीको हकमा भने यो लागू नहुने सूचनामा जनाइएको छ । सरकार र गैर आवासीय नेपालीको संयूक्त लगानीमा स्थापना भएका इन्भेष्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्न गैर आवासीय नेपालीलाई विदेशी लगानीको न्यूनतम सीमा लागू नहुने सुचनामा उल्लेख छ । यसअघि ०७६ जेठ १५ मा प्रति विदेशी लगानीकर्तालाई न्यूनतम लगानी सीमा ५ करोड रुपैयाँ तोकिएको थियो ।

प्रकाशित : कार्तिक २८, २०७९ १८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?