१० अंक घटेको सेयर बजारमा कारोबार १ अर्बमुनि 

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर बजारको परिसूचक नेप्से साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको छ । १०.५४ अंक घटेर नेप्से १८८३ अंकमा कायम भएको छ । कारोबार रकम भने १ अर्बमुनि सीमित भएको छ । जम्मा ७७ करोड रुपैयाँको सेयर किनबेच भयो । कुल ४४ कम्पनीको मूल्य बढ्दा १३१ को घट्यो भने १० को स्थिर रह्यो । 

१० अंक घटेको सेयर बजारमा कारोबार १ अर्बमुनि 

बैंकिङ ५, विकास बैंक ३, फाइनान्स ०.७, जलविद्युत् २०, जीवन बीमा ७०, उत्पादन ३३, माइक्रोफाइनान्स ५३, निर्जीवन बीमा १८, अन्य १ र ब्यापार उपसमूह २६ अंक घटे । म्युचुअल फण्ड लक्ष्मी इक्वीटीको मूल्य सबैभन्दा धेरै ७.९ प्रतिशत बढ्यो भने नबिल ब्यालेन्स फन्डको सबैभन्दा धेरै ६.९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, निर्धन उत्थान लघुवित्त, नबिल बैंक, हिमालयन पावर पार्टनर र पुनर्बीमा कम्पनी अग्रस्थानमा रहे ।


प्रकाशित : कार्तिक २७, २०७९ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?