कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

उद्योग वाणिज्य महासंघले भन्यो : ब्याजदर विरुद्धका प्रदर्शन स्थगित गर्नुहोस्

कान्तिपुर संवाददाता

काठमाडौँ — बैंकहरुले ब्याजदर बढाएको भन्दै देशका विभिन्न भागमा उद्योगी तथा व्यवसायीले विरोध प्रदर्शन गर्न थालेपछि उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले यस्ता कार्यक्रम तत्काललाई स्थगित गर्न आग्रह गरेको छ । एक विज्ञप्ति जारी गर्दै महासंघले मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन हुन गइरहेकाले हाल विरोधका कार्यक्रम स्थगित गर्न भनेको छ ।

उद्योग वाणिज्य महासंघले भन्यो : ब्याजदर विरुद्धका प्रदर्शन स्थगित गर्नुहोस्

महासंघले भनेको छ ‘तरलता व्यवस्थापन, ब्याजदर स्थायित्व र चालु पुँजी कर्जा मार्गदर्शन स्थगनका लागि महासंघका सदस्य जिल्ला/नगर उद्योग वाणिज्य संघहरु एवम् वस्तुगत संघहरुले राखेका मागप्रति महासंघ ऐक्यवद्धता जाहेर गर्दछ । तर मंसिर ४ गते प्रतिनिधिसभा एवम् प्रदेशसभा निर्वाचन हुन गइरहेको र लोकतान्त्रिक व्यवस्था तथा खुला बजार अर्थतन्त्रका लागि निर्वाचन महत्त्वपूर्ण रहेको विषयलाई मनन गर्दै हाल संचालित विरोधका कार्यक्रम स्थगित गर्न महासंघ सम्पूर्ण प्रदेश च्याप्टर र सदस्य संस्थाहरूलाई आग्रह गर्दछ ।’

निर्वाचनसम्मको अवधिमा महासंघ नेतृत्व निरन्तर सरकार र राष्ट्र बैंकसँग सम्वादमा रहने भएकाले वार्ता एवम् सम्वादकै माध्यमबाट निजी क्षेत्रमा परेको समस्या समाधान हुने विश्वास रहेको महासंघले जनाएको छ । निजी क्षेत्रका माग सम्बोधन नभएमा आर्थिक स्थायित्व तथा निजी क्षेत्रको हक हितका लागि थप कार्यक्रम घोषणा गर्ने महासंघले जनाएको छ । बैंकहरुले चर्को ब्याज असुलेको भन्दै हाल विराटनगर, दाङ, बुटवल, काठमाडौं लगायत शहरहरुमा व्यवसायीले प्रदर्शन गर्ने गरेका छन् ।


प्रकाशित : कार्तिक २३, २०७९ १८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?