देश ठूलो आर्थिक संकटमा : पूर्वअर्थमन्त्री पौडेल

अमृता अनमोल

बुटवल — पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशलाई आर्थिक संकटबाट पार लगाउन एमाले सरकार आवश्यक रहेको बताएका छन् । बुटवलमा आइतबार आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै पौडेलले वर्तमान सरकारको असफलताका कारण मुलुक डरलाग्दो आर्थिक संकटमा पुगेको बताए ।

देश ठूलो आर्थिक संकटमा : पूर्वअर्थमन्त्री पौडेल

‘देशको आर्थिक अवस्था डरलाग्दो अवस्थामा छ । देशलाई श्रीलंका हुनबाट जोगाउन पुन: एमालेको जित र एमाले नेतृत्वको सरकार आवश्यक छ’,उनले भने ।

एमाले उपाध्यक्ष रहेका पौडेलले नाकाबन्दी, भुकम्प र कोरोना महामारीको अवस्थामा समेत नदेखिएको आर्थिक संकट अहिले देखिएको बताए । ‘एमाले सरकार र म अर्थमन्त्री हुँदा ४ दशमलव २ प्रतिशतमा रहेको मूल्यवृद्धि दर अहिले ८ दशमलव १ प्रतिशमा पुगेको छ । यो डरलाग्दो अवस्था हो,’उनले भने ।

रुपन्देही २ का उम्मेदवार पौडेलले आर्थिक समस्याको निकास, देशको विकास र संमृद्धि एमालेबाट मात्रै सम्भव रहेको दोहोर्‍याए ।


प्रकाशित : कार्तिक २०, २०७९ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?