१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

४३ अंक बढ्यो नेप्से

४ कम्पनीको मूल्यमा १० प्रतिशतको वृद्धि 
कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर बजारको परिसूचक नेप्से आइतबार ४३.२० अंक बढेको छ । सो अंकको वृद्धिसFगै नेप्से १९६५ अंकमा कायम भएको छ । कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । गत बिहीबार ८९ करोडको कारोबार भएकोमा आज १ अर्ब ५४ करोडको सेयर किनबेच भयो ।

४३ अंक बढ्यो नेप्से

बैंकिङ ११, विकास बैंक ९१, फाइनान्स ६४, होटल तथा पर्यटन ६१, जलविद्युत् ६६, जीवन बीमा ९५, उत्पादन १९१, माइक्रोफाइनान्स १९६, निर्जीवन बीमा १३३, अन्य ५६ र ब्यापार उपसमूह ५२ अंक बढे ।

एउटा कम्पनीको मात्रै मूल्य घट्दा १८५ कम्पनीको बढ्यो । ४ लघुवित्त कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । मानुसी, जल्पा, नेस्डो, उपकार लघुवित्तको मूल्य ठीक १० प्रतिशत बढ्यो । उन्नती सहकार्य, स्वेतगंगा हाइड्रो र मनकामना स्मार्ट लघुवित्तको मूल्य साढे ९ प्रतिशतभन्दा धेरै बढ्यो । कारोबार रकमका आधारमा नेस्डो, एभरेस्ट बैंक, हिमाल दोलखा हाइड्रो, जल्पा र हिमालयन डिस्टिलरी क्रमश: अगाडि रहे ।


प्रकाशित : कार्तिक २०, २०७९ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?