२०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

कान्तिपुर संवाददाता

काठमाडौँ — सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ । ‘नेपाल डेभलपमेन्ट अपडेट’ प्रतिवेदन सार्वजनिक गर्दै बैंकले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)  ५.८ प्रतिशत बढ्ने प्रक्षेपण गरेको हो । आउने वर्ष अर्थात् सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने र २०२४ मा यस्तो वृद्धिदर केही खुम्चिएर ४.९ प्रतिशतमा रहने  विश्व बैंकको अनुमान छ । 

२०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण

बैंकले नेपालको मूल्य वृद्धिदर अर्थात मुद्रास्फीतिदर सन् २०२२ मा ६.३ प्रतिशत रहने अनुमान गरेको छ । सन् २०२३ मा मूल्यवृद्धि ५.५ र २०२४ मा ५.३ प्रतिशत रहने विश्व बैंकको अनुमान छ । सरकारले पनि मूल्यवृद्धि ७ प्रतिशतभित्र सीमित गर्ने लक्ष्य लिएको छ । नेपालको कृषि, उद्योग र सेवा क्षेत्रमध्ये यसवर्ष उद्योग क्षेत्रको वृद्धिदर उच्च रहने विश्व बैंकको अनुमान छ । सन् २०२२ मा कृषि क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, उद्योग क्षेत्रको वृद्धिदर १०.२ र सेवा क्षेत्रको वृद्धिदर ५.९ प्रतिशत रहने विश्व बैंकको अनुमान छ ।

प्रकाशित : कार्तिक १४, २०७९ १८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?