कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

माथिल्लो तामाकोसी आयोजनाको प्राविधिक निरीक्षण सुरु, एक साता उत्पादन बन्द

केदार सिवाकोटी

दोलखा — स्वदेशी लगानीको सबैभन्दा ठूलो माथिल्लो तामाकोसी आयोजनाको प्राविधिक निरीक्षण सुरु भएको छ । प्राविधिक निरीक्षणका लागि कम्तीमा ८ देखि १० दिनका लागि उत्पादन बन्द हुने आयोजनाले जनाएको छ ।

माथिल्लो तामाकोसी आयोजनाको प्राविधिक निरीक्षण सुरु, एक साता उत्पादन बन्द

प्राविधिक निरीक्षणका लागि बाँधस्थलबाट पानी छाडिएर खाली बनाइएको छ । ४ सय ५६ मेगावाटको आयोजनाको सुरुङबाट २ दिन लगाएर पानी खाली गरिएको छ ।

आयोजनाको पहिलो प्राविधिक निरीक्षण भएकाले बाँधस्थल,पानी थिग्र्याउने पोखरी,सुरुङलगायतको सिभिल संरचनाको निरीक्षण र मर्मतसम्भार गरिने आयोजनाको निर्देशक विज्ञानप्रसाद श्रेष्ठले बताए ।

यस्तै निरीक्षणका क्रममा जेनेरेटर,टर्बाइन,ट्रान्सफर्मर,ट्रान्समिसन लाइन र सबस्टेसन निरीक्षणसहित मर्मतसम्भार हुने उनले बताए । ‘यो मौसममा औधोगिक क्षेत्रलगायतमा विद्युत् खपत कम हुन्छ,’ उनले भने, ‘वर्षाअघि नै प्राविधिक निरीक्षण गर्नुपर्नेमा अलि ढिलो गरी सुरु गरिएको हो ।’

निरीक्षणका क्रममा कम्तीमा ८ देखि १० दिन लाग्ने उनले बताए । प्राविधिक निरीक्षणका लागि आयोजनामा ३ विदेशी परामर्श कम्पनी र कर्मचारी आयोजना स्थलमा खटिएको उनले बताए ।

प्रकाशित : कार्तिक ८, २०७९ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?