झण्डै २० प्रतिशतले बढ्यो रेमिट्यान्स 

कान्तिपुर संवाददाता

काठमाडौँ — यो आर्थिक वर्षको साउन र भदौमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा रेमिट्यान्स झण्डै २० प्रतिशत बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दुई महिनाको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा रेमिट्यान्स आप्रवाह १९.८ प्रतिशतले वृद्धि भएको हो ।

झण्डै २० प्रतिशतले बढ्यो रेमिट्यान्स 

साउन र भदौ महिनामा कुल १ खर्ब ८७ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य बढ्नु र अमेरिकी डलरको मूल्यवृद्धिले रेमिट्यान्समा उल्लेख्य सुधार देखिएको हो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाा) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई १ लाख ३ हजार ८९८ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार १८९ पुगेको छ ।


प्रकाशित : कार्तिक ४, २०७९ १२:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?