२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सेयर कारोबार ५० करोड ७६ लाखमा सीमित

कान्तिपुर संवाददाता

काठमाडौँ — साता कारोबारको अन्तिम दिन बिहीबार सेयर कारोबार ५० करोड ७६ लाखमा खुम्चिएको छ । यो कारोबार रकम अघिल्लो दिनको तुलनामा करिब १३ करोडले कम हो । परिसूचक नेप्से भने जम्मा १.३८ अंकले घट्यो ।  १८३४ देखि १८४९ अंकसम्म उतारचढावमा रहेको नेप्से कारोबार बन्द हुँदा १८४४ अंकमा अडियो । 

सेयर कारोबार ५० करोड ७६ लाखमा सीमित

९५ कम्पनीको मूल्य घट्दा ७८ को बढ्यो भने १० को स्थिर रह्यो । बैंकिङ ०.०९, फाइनान्स ३, जलविद्युत् १०, जीवन बीमा ५, माइक्रोफाइनान्स ०.०७, निर्जीवन बीमा ३१, अन्य उपसमूह ०.८ अंक घटे । व्यापार १२ र विकास बैंक उपसमूह ८ अंक बढे । सयपत्री हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । विन्ध्यवासिनी हाइड्रो र विशाल बजारको मूल्य ४ प्रतिशत बढ्यो । सामुदायिक लघुवित्तको मूल्य ७.७ प्रतिशत घट्यो । अघिल्लो दिनसम्म १० प्रतिशत बढेको अभियान लघुवित्तको मूल्य ६.५ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा अभियान लघुवित्त, गरिमा विकास बैंक, एभरेस्ट बैंक, नबिल र एनआईसी एसिया बैंक क्रमश: अगाडि रहे ।


प्रकाशित : कार्तिक ३, २०७९ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?