कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

अविरल वर्षाले विद्युतीय संरचनामा क्षति, ठाउँठाउँको विद्युत् आपूर्ति अवरुद्ध

कान्तिपुर संवाददाता

काठमाडौँ — अविरल वर्षा, हावाहुरी, बाढीपहिरो र चट्याङका कारण देशका विभिन्न स्थानमा विद्युतीय संरचनामा व्यापक क्षति पुगेको छ । विद्युतीय संरचनामा क्षति पुग्दा विभिन्न ठाउँको विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

अविरल वर्षाले विद्युतीय संरचनामा क्षति, ठाउँठाउँको विद्युत् आपूर्ति अवरुद्ध

मुख्य रुपमा लुम्बिनी प्रदेशअन्तर्गतका रुपन्देही, अर्घाखाँची, पाल्पा, दाङ लगायतका जिल्लामा विद्युत् प्रसारण लाइन, वितरण लाइनतर्फका पोल, ट्रान्सफर्मरलगायतका संरचनामा क्षति पुगेको छ ।

दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइन अन्तर्गत बेलडाँगी भन्ने स्थानमा पहिरोले टावर ढालेको आशंका गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले १३२ केभी प्रसारण लाइनको टावर ढलेको खबर आएको तर पहिरोका कारण उक्त स्थानमा पुग्न नसकिएकोले यकिन हुन नसकिरहेको बताए । प्रसारण लाइनमा क्षति पुगेपछि त्यस क्षेत्रको विद्युत् आपूर्ति अवरोध भएको र अहिले वैकल्पिक व्यवस्था गरी घरायसी ग्राहकलाई विद्युत् दिइएको कार्यकारी निर्देशक घिसिङले बताए ।

प्राधिकरणले हापुरे सबस्टेसनबाट ३३ केभी प्रसारण लाइनबाट लमही, घोराहीलगायतका क्षेत्रका घरायसी ग्राहकलाई विद्युत् आपूर्ति दिएको छ । त्यस क्षेत्रमा धेरै विद्युत् खपत गर्ने सिमेन्ट उद्योगहरु सञ्चालित छन् । प्राधिकरणले लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर नै ढलेको अवस्थामा आपत्कालीन पुनर्स्थापना प्रणाली (इआरएस) अन्तर्गत रहेको टावर जडान गरी विद्युत् आपूर्तिको योजना बनाएको घिसिङले उल्लेख गरे ।

‘वर्षाले प्रसारण तथा वितरण प्रणालीमा क्षति पुर्‍याएको छ, चाडपर्वको बेला पनि हाम्रा कर्मचारीहरुलाई काममा खटाएर तत्काल मर्मतसम्भार तथा वैकल्पिक व्यवस्था गरी ग्राहकलाई विद्युत् आपूर्ति दिइरहेका छौं,' घिसिङले भने ।

प्रकाशित : आश्विन २१, २०७९ १८:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?