कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

दैनिक २० लाख ब्यारेल कच्चा तेल उत्पादन कटौतीको तयारी, मूल्य बढ्न थाल्यो

एजेन्सी

काठमाडौँ — तेल उत्पादक तथा वितरक मुलुकहरुको संगठन ओपेक प्लस मन्त्रीस्तरीय बैठकले तेल उत्पादन दैनिक २० लाख ब्यारेल कटौती गर्ने सहमति जुटाएको छ । केही दिनअघिको ओपेक प्लस मन्त्रीस्तरीय बैठकले आगामी महिना नोभेम्बरदेखि नै उत्पादन भारी मात्रामा कटौती गर्न सहमति जुटाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

दैनिक २० लाख ब्यारेल कच्चा तेल उत्पादन कटौतीको तयारी, मूल्य बढ्न थाल्यो

यद्यपि कटौतीको यो परिमाण नै अन्तिम निष्कर्ष भने होइन । जेएमएमसी (संयूक्त मन्त्रीस्तरीय अनुगमन समिति) ले सो परिमाणको तेल उत्पादन कटौती गर्न सुझाव दिएको थियो । वर्तमान उत्पादन आधार रेखाबाट दैनिक २ मिलियन ब्यारेल कटौती गर्ने तयारी भएसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्न थालिसकेको छ ।

एक सातामै कच्चा तेलको मूल्य प्रतिब्यारेल औसत १० अमेरिकी डलरले वृद्धि भएको छ । शुक्रबार (अपह्रान्ह १ बजेसम्म) डब्लूटीआई तेलको मूल्य प्रतिब्यारेल ८८.४१, ब्रेन्ट ९३.९८ तथा मुर्बान तेलको मूल्य प्रतिब्यारेल ९६ डलर पुगेको छ । एक साताअघि डब्लूटीआई कच्चा तेलको मूल्य प्रतिब्यारेल ७९ डलर, ब्रेन्ट ८५ र मुर्बानको ८६ डलर हाराहारीमा थियो । कच्चा तेलकाे मूल्य बढ्दा नेपाल लगायत आयातित मुलुकलाई भने ब्यापार घाटा तथा मुद्रास्फीति बढ्ने जोखिम रहन्छ ।

प्रकाशित : आश्विन २१, २०७९ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?